बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी छाउनीबाट पक्राउ

लोकपथ
798
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ का ५३ वर्षीय प्रणवलाल सिंह रहेको छन् ।

काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोली काठमाडौं महानगरपालिका–१३, छाउनीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका निम्ति प्रहरी वृत्त जनसेवामा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?