एमाले सचिवालय बैठक गुण्डुमा जारी [तस्बिरहरु]

लोकपथ
21
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक काठमाडौंको गुन्डुमा सुरु भएको छ।

शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आजको बैठकमा आफ्नो धारणा राखिरहेका छन् ।

हिजो उपाध्यक्षहरूले आफ्नो कुरा राखिसकेका थिए । आज महासचिव, उपमहासचिव र सचिवहरूले वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार प्रस्तुत गर्नेछन् ।

पदाधिकारीहरूको धारणा सकिएपछि बैठकले कार्यविभाजन, निर्वाचन परिणामको समीक्षा गर्न कार्यदल गठन लगायतका विषयमा छलफल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?