नयाँ सार्वजनिक सवारी दर्तामा सरकारले लगायो रोक

लोकपथ
84
Shares

काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्ता गर्न रोक लगाएको छ । यो रोक इलेक्ट्रिक बस र अन्य सबै प्रकारका सार्वजनिक सवारी साधनमा लागू हुनेछ ।

यातायात व्यवस्था विभागले बढ्दो वायु प्रदूषण, ट्राफिक जाम, सडकमा सवारीको अत्यधिक चाप र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै यो निर्णय गरेको हो ।

विभागले प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना नआएसम्म नयाँ सार्वजनिक सवारी दर्ता नगर्न निर्देशन दिएको छ ।

यो निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को आधारमा गरिएको हो । उक्त ऐन अनुसार वातावरण, सडक अवस्था वा सार्वजनिक हितका कारण आवश्यक परे सवारी दर्ता रोक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?