एकैदिन १८ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

लोकपथ
112
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९२ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९० रुपैयाँले बढेको हो । बुधबार ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?