काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको बताए ।
उनले विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपाली नागरिकप्रति मन्त्रालय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै उद्धार तथा सहयोगका लागि देशभित्रका संयन्त्र र विदेशस्थित नेपाली राजदूतावासमार्फत नियमित पहल भइरहेको जानकारी दिए ।
मन्त्री यादवका अनुसार वैदेशिक रोजगारसम्बन्धी ठगीका ४० हजारभन्दा बढी उजुरीलाई वर्गीकरण गरी निश्चित समयसीमाभित्र फछ्र्योट गर्ने तयारी गरिएको छ । साथै आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा प्रविधिमार्फत सञ्चालन गर्ने गरी प्रणाली निर्माणको काम भइरहेको उनले बताए ।
उनले भने, ‘वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा चनाखो छ । विदेशका अस्पतालमा उपचाररत तथा उद्धारको प्रतीक्षामा रहेका नेपालीहरूको विषयमा मन्त्रालय संवेदनशील छ । उद्धार र सहयोगका लागि देशभित्रका संयन्त्र तथा विदेशस्थित राजदूतावासमार्फत नियमित पहल भइरहेको छ ।
मन्त्री यादवले विश्वभर रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया