सशस्त्रका १३ डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस [नामसहित]

लोकपथ
1.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १३ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ग) बमोजिम बुधबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेहरुमा हरि बहादुर गुरुङ, दिपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दिपक बहादुर कुँवर, किरनकुमार कठायत, दिपकबहादुर विष्ट, भुवनसिं ठकूरी, रामचन्द्र थापा, जगत सिंह ठाडा, नविन सिंह राई र पंकज पौडेल रहेका छन् ।

त्यस्तै बढुवा सिफारिमा चित्त नबुझेमा ७ दिनभित्र बढुवा उपर उजुरी दिन समेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?