काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ ।
बैठक सुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।
उक्त दलले सोमवारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद् बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया