प्रतिनिधिसभा बैठक आज, विनियोजन विधेयकमाथि जवाफ दिँदै अर्थमन्त्री

लोकपथ
56
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कर प्रस्तावबाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी विषयमा सांसदहरूले आफ्नो धारणा राख्नेछन् ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पनि पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?