फेरि पक्राउ परे दुर्गा प्रसाईँ

लोकपथ
0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ गरेका छन् ।

सोमबार साँझ प्रसाईँलाई वीरगञ्जस्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रसाईँलाई सामाजिक सञ्जालमा अफवाहपूर्ण भ्रमहरु फैलाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकृतले लोकपथलाई जानकारी दिए ।

‘सामाजिक सञ्जालमा विभिन्न अफवाहपूर्ण भ्रमहरु फैलाइएको कसुरमा उहाँलाई नियन्त्रणमा लिएका हौँ,’ ती प्रहरी अधिकारीले लोकपथसँग भने ।

त्यसो त केही दिनदेखि प्रसाईँले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लगायत सरकारको विरोध गरिरहेका थिए ।

यसअघि पनि प्रसाईँलाई सामाजिक सञ्जालमा अफवाहपूर्ण भ्रमहरु फैलाउने, अन्य व्यक्तिमाथि गालीगलौच गर्ने लगायतका कसुरमा पटकपटक प्रहरीले पक्राउ गरिसकेको छ ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँले मंगलबार वीरगञ्जमा कार्यक्रम आयोजना गरेका छन् । आजै काठमाडौंबाट सीमरा विमानस्थल उत्रिएका प्रसाईँ आज साँझ नै पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?