‘कान्स रेड कार्पेट’मा हिमाली छुर्पीका संस्थापक भूपेन्द्र र स्नेहा

लोकपथ
56
Shares

काठमाडौं । यस वर्षको कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा मोरङ, उर्लाबारीका भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा (खनाल) देखा परेका छन् ।

विश्वकै प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिबलमा सन् २०२६ का लागि खनाल दम्पत्ति देखा परेका हुन् ।

सेलिब्रेटीमय बनेको उक्त फिल्म फेस्टिबलमा देखिएका खनाल दम्पत्ति कुकुरलाई खुवाइने अन्तर्राष्ट्रिय छुर्पी ब्राण्ड ‘डक्सी च्यू’ का संस्थापक हुन् ।

खनाल र शर्माको उक्त उपस्थितिलाई घरपालुवा जनावरको रेखदेखको विषयले पाएको विश्वव्यापी महत्त्वका रूपमा हेरिएको छ । कुकुरका लागि अन्तर्राष्ट्रिय स्तरसम्म छुर्पी पुर्‍याउन सफल खनाल दम्पत्तीले आफूहरूलाई ‘कुकुरका अभिभावक’ भन्न रूचाउँछन् । रेड कार्पेटमा उनीहरूको आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’लाई प्रेम, वफादारी र आत्मियताको प्रतीकको रुपमा विशेष पहिरन लगाएका थिए ।

‘मैले लगाएको कोट भारतीय स्टाइलको मनका गाला थियो, त्यसमा परम्परागत भातगाउँले नेपाली टोपी र पेरिसको १०० वर्ष पुरानो डिजाइनर्स स्टीफन कार्लोसको कालो बुटले हाम्रो जीवनमा मिश्रित संस्कृति र भूमण्डलीकरणको भाव दिन खोजिएको थियो,’ भूपेन्द्र खनाल भन्छन्, ‘मेरो लागि यो केवल फेसन मात्र थिएन । यो पहिचान, हाम्रो जनजीवनमा झल्कँदै आएको मौलिक सम्पदा, प्रेम र मलाई यहाँसम्म डोर्‍याउने यात्राको बारेमा थियो ।’

कुनै बेला भारतमा सोसल मिडियाको विश्लेषण गर्ने एक चर्चित् कम्पनी ‘सिम्प्लिफाई ३६०’ का संस्थापक रहेका उनी एक दशकयता छुर्पी उद्योगमा मोडिएका थिए ।

आधुनिकतासँगै बदलिरहेको हाम्रो पछिल्लो जीवनशैलीमा घरपालुवा जनावरहरू परिवारका अभिन्न सदस्यका रूपमा झन्झन् नजिकिँदा छन् । त्यस्तोमा घरपालुवा जनावरको पोषण, कल्याण र राम्रो हेरचाह दिने विषय विश्वव्यापी मूलधारको आन्दोलनमा विकसित भएको छ ।

‘कान्स त्यस्तो मञ्च हो जहाँ संसारका लोभलाग्दा कथाहरूले आफ्ना दर्शक भेटाउँछन् र तिनलाई विशाल रूपले बढाउने अवसर पाउँछन् । डगसीले घरपालुवा जनावर निकै राम्रो माया र स्याहारका हकदार छन् भन्ने अडिक विश्वासको सुरुवात गरेको थियो । सोही विश्वासले एक दशकमा हामीलाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा ल्याएको छ । जब तपाईँ ठूलो सोच्नुहुन्छ र आफ्नो दृष्टिकोणप्रति प्रतिबद्ध रहनुहुन्छ तब त्यस्तै हुन्छ,’ शर्माले भनिन् ।

खनाल दम्पत्तीले ‘डग्सी च्यू’का लागि कान्सको रेड कार्पेट उपस्थितिलाई विश्वभर घरपालुवा जनावरसँग घुलमिल हुने बढ्दो सांस्कृतिक र त्यसले देखाएको व्यावसायिक महत्त्वको सङ्केतका रूपमा हेरिएको छ ।

उद्यमीका रूपमा स्नेह शर्मा र भूपेन्द्र खनालले सन् २०१५ मा स्थापना गरेको डग्सी च्यूले हिमालय क्षेत्रको प्राकृतिक छुर्पीलाई कुकुरको स्वास्थ्यसँग जोडेर अगाडी बढाइरहेको छ ।

नेपाल र भारतका हिमाली भेगका दुधबाट बन्ने छुर्पी उनीहरू विश्वबजारमा पठाउँछन् ।

त्यसरी वार्षिक २६० करोड भारतीय रूपैयाँको कारोबार गर्ने यस उत्पादनले विश्व बजारमा हिमालयन याक च्यूका रूपमा त्यसले बेग्लै पहिचान बनाउन सकेको छ ।

आजका दिनमा यस ब्रान्ड ३० भन्दा बढी देशमा फैलिएको छ । उक्त छुर्पीसँग घरपालुवा जनावरहरू सफा, स्वस्थ र अधिक प्राकृतिक पोषणका हकदार रहेको विश्वास गर्ने विश्वभरका लाखौँ परिवार जोडिएका छन् ।

यसअघि सन् २०२४ को कान्स रेड कार्पेटमा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर रहेका वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?