स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा आवेदन आह्वान

लोकपथ
14
Shares

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन खुला गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्न गठन गरिएको छनोट तथा सिफारिस समितिले इच्छुक र योग्य व्यक्तिबाट दरखास्त मागेको हो ।

दरखास्त आह्वान गरिएका प्रतिष्ठानहरूमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

समितिले योग्य व्यक्तिलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?