काठमाडौं । नेपाली सेनाले र्याप गीत सार्वजनिक गरेको छ ।
नेपाली सेनाको आधिकारिक युट्युब च्यानलबाट तीन दिनअघि गरिएको ‘रेन्जर’ बोलको र्याप गीत सार्वजनिक गरिएको हो ।
यो समाचार तयार पार्दासम्म उक्त गीत १ लाख ७५ हजार भन्दा बढी पटक हेरिएको छ भने १ हजार भन्दा बढी प्रतिक्रिया आइसकेको छ ।
गीतमा सेनामा भर्ती हुन चाहने युवाहरुको लागि गर्नुपर्ने संघर्ष देखाइएको छ ।
उक्त गीतका शब्दहरु प्रताप मगरले लेखेका हुन् भने बासुदेव धिमालको मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशन गरेको बताइएको छ ।
उक्त गीतमा ‘रेन्जर’ लाई विशेष प्राथमिकता दिइएको छ । नेपाली सेनामा ‘रेन्जर’ भन्नाले तालिम प्राप्त लडाकु भन्ने बुझिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया