कामिरिता ३२औँ पटक सगरमाथाको शिखरमा 

लोकपथ
91
Shares

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान १० बजेर १२ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

‘३२औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेन समिट ट्रेक्सले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौंमा उनको भव्य स्वागतको तयारी गरिँदैछ ।’

‘एभरेस्ट म्यान’को उपनामले समेत चिनिने कामिरिता सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी पनि हुन् ।

सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरितालाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रूपमा लिइन्छ । 

उनले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?