काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत नलिने भएका छन् ।
केही दिनअघि सरकारमा सामेल विभिन्न राजनीतिक दलहरुबिच वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका थिए ।
जसअनुसार जेठ १ गते शुक्रबार (आज) का लागि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तय भएको थियो । तर सत्तापक्षकै केही सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने तयारी गरेको बुझेपछि मुख्यमन्त्री यादवले आजका लागि विश्वासको मत लिने निर्णयबाट पछि हटेका हुन् ।
मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत प्रयोजनका लागि बोलाइएको बैठक स्थगित गर्न आग्रह गरेका हुन् ।
गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
यता मुख्यमन्त्री यादवले आगामी जेठ ८ गते विश्वासको मत लिने गरी तयारी गर्न प्रदेश सभा सचिवालयलाई पत्र पठाएका हुन् ।
आज विश्वासको मत लिने तयारी गरिए पनि जसपा नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्नेमा निर्णय नदिँदा विश्वासको मतको कार्यक्रममा नै सारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया