काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।
हिजो बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ४ हजारले घटेर २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले घटेको हो ।
बिहीबार ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया