काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन संसदमा आज पनि उपस्थित नहुने भएका छन् ।
प्रतिनिधिसभाको बिहानको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख गरिए पनि पछि त्यसलाई सच्याइएको हो ।
हिजो प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैँले दिनुपर्ने माग गर्दै दिनभर संसद् अवरोध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग संवाद गर्ने बताएका थिए ।
तर प्रधानमन्त्री आज पनि संसदमा उपस्थित हुन तयार नभएपछि कार्यसूची संशोधन गरिएको हो । प्रधानमन्त्री अनुपस्थित रहने भएपछि अब सरकारका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नै जवाफ दिने सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया