निजामती कर्मचारी राजनीतिमा संलग्न भए सेवाबाट हटाइने सरकारको चेतावनी

लोकपथ
91
Shares

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाइने चेतावनी दिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्छ ।

सूचनामा निजामती सेवा ऐन, २०४९ को व्यवस्था उल्लेख गर्दै राजनीतिक गतिविधिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउने वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर गर्न सकिने स्पष्ट पारिएको छ ।

मन्त्रालयले कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संगठन वा जन वर्गीय संगठनको सदस्य बन्न नपाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?