नुवाकोटमा वाम गठबन्धनले हार्ने देखिएपछि अनौंठो रोइलो

काठमाडौं, २४ कात्तिक— पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटमा चुवावी माहोल थप तातिदै गएको छ । कात्तिक ५ गते उम्मेदवारी दर्ता गरेर निर्वाचन प्रचारमा होमिएका दलहरु यतिबेला पनि मत माग्न र मतदातालाई आफ्नो पक्षमा पार्ने रस्साकस्सीमा रहेका छन् । यही क्रममा कांग्रेस र वामगठबन्धन अहिले जोडतोडले जनताको बस्तीमा चाहरिरहेका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको भएपनि नेपाली कांग्रेसको पक्षमा जनमत देखिएको बताइएको छ । दुई पार्टी मिल्दापनि कांग्रेसकै पक्षमा पल्ला भारी देखिएपनि यतिबेला नुवाकोटको वामगठबन्धनमा खैलाबैला नै मच्चिएको छ । खैलाबैलामात्रै होइन, कांग्रेसलाई कसरी गलाउन सकिन्छ भनेर गठबन्धनका नेताहरु गलत प्रचारमा नै लागिपरेका छन् । स्थानीयका अनुसार वाम गठबन्धनले कांग्रेसले चुनाव प्रभावित पार्न लागिपरेको आरोप लगाएका छन् । तर, उनीहरुको आरोपमा त तथ्य छ न त आधार नै । लामो समयदेखि तारकेश्वर क्षेत्रमा सामाजिक काममा सक्रिय समाजसेवी तथा स्थानीय शिव अधिकारीले बुधबार महिला सशक्तिकरणका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिँदासमेत वाम गठबन्धनले विरोध गरेको छ । उनीहरुले चुनाव प्रभावित पार्नका लागि महिलालाई सहयोग गरेको आरोप लगाएका हुन् । तर अधिकारीले आफूले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता मात्र दिएको भन्दै यसमा कसैले राजनीतिक रंग दिन नहुने बताएका छन् । अधिकारीले तारकेश्वरमा शिक्षा, स्वास्थ्य, महिला सुदृद्धिकरण र सशक्तिकरणमा योगदान दिँदै आएका छन् । वाम गठबन्धनबाट विरोध हुँदै गर्दा स्थानीयहरुबीच भने दुई पार्टी मिल्दा पनि कांग्रेसलाई हराउन नसकिने देखिएपछि पोखिएको कुण्ठा भनि टिप्पणी गरेका छन् । यतिमात्रै होइन, कांग्रेसको बदनाम गराउन केहि माओवादी र एमालेको टीम नै बनाइएको स्रोत बताउँछ । उनीहरुकै योजनामा विभिन्न प्रयोजित समाचार नै आफू निकटका सञ्चारमाध्यममार्फत प्रभाहित गर्ने गरेको बताइन्छ । त्यही उद्देश्यअनुसार कांग्रेस नेता तथा क्षेत्र नम्बर १ का उम्मेदवार रामशरण महतले निर्वाचन प्रचारमा सुुरक्षाकर्मीको प्रयोग गरेको भन्दै प्रोपोगाण्डा फैलाइयो । जवकी उनको प्रचार सामग्री टाँस्नेमा सुरक्षाकर्मी नभई सशस्त्र प्रहरीको जस्तो पोशाक लगाउने कांग्रेस कार्यकर्ता नै भएको बताइन्छ । यसो त जनप्रतिनिधिले दुर्गम स्थानमा पर्ने दुप्चेश्वर गाँउपालिकाको घ्याङफेदिमा हेलिकप्टरमार्फत २५ के भीकोको ट्रन्सफर्मर लैजाँदासमेत विरोध गर्ने प्रयास गरेका छन् । तर, त्यो प्रक्रियागत काम भएको गाँउपालिका अध्यक्ष योबिन्द्र सिंह तामाङले बताए । यी दृष्टान्तलाई हेर्दा नुवाकोटमा वाम गठबन्धन हतास मनस्थितिमा रहेको बताइएको छ । उनीहरु अहिले कसरी कांग्रेसलाई बदनाम गर्ने र आफ्नो पक्षमा माहोल बनाउने भन्नेमा तल्ल्ीन रहेको स्वयम् वाम गठबन्धनका एक प्रभावशाली नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए । त्यसैले त उनीहरुले अहिले श्रृंखलाबद्ध रुपमा कांग्रेसमाथि प्रहारको नीति बनाएको बताइएको छ । वाम गठबन्धनले जति प्रहार गरेपनि असली लोकतन्त्रको बहाक कांग्रेस नै रहेको र त्यसमाथि राष्ट्रिय व्यक्तित्वसमेत भएका कांग्रेस उम्मेदवारलाई जिताउनु पर्ने भन्दै सोहि मनस्थितिमा रहेको पाइएको छ । नुवाकोटमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा रामशरण महत र क्षेत्र नम्बर २ मा अर्जुन नरसिंह केसी उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर २ स्थित बिदूरका एक जनप्रतिनिधिले भने— यो पटक कांग्रेसका प्रभावशाली व्यक्तित्व अर्जुन नरसिंह केसीलाई जिताउनुको विकल्प छैन । जिल्लामा समेत नरुचाइएका नारायण खतिवडा जस्तालाई जिताएर यहाँ न विकास हुन्छ न केहि यसमा हामी सचेत छौं । यसो त रामशरणको पक्षमा भने झन् राम्रो माहोल रहेको बताइन्छ । माओवादी प्रभाव रहेको २०६४ सालको संविधाससभामा समेत जित हासिल गर्ने उनलाई अहिले त झन् जित निकाल्न सहज रहेको बताइएको छ । वाम गठबन्धन स्थानीय तहमा दुई पार्टीले प्राप्त गरेको भोट गरेर अहम् पाल्दै गरेको अवस्थामा कांग्रेस भने आफ्नो चुनावी प्रचारअभियानलाई तीब्र पार्दै अघि बढिरहेका छन् । जनमत बुझ्दा स्थानीय तहमा प्राप्त दलीय मत व्यापक फेरबदल हुने र जसकै कारण चुनावमा कसैले हराउन नसक्ने भन्दै हिँडिरहेका बाम गठबन्धनलाई धक्का लाग्ने निश्चित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?