विपक्ष दलहरुद्धारा फेरि प्रतिनिधि सभा बैठक अवरुद्ध

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेससहितका विपक्ष दलहरुले प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध पारेका छन् ।

प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन नसकिने अडान विपक्ष दलको नेता भिष्मराज आङदेम्बेले लिएपछि विपक्ष दलका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन् ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सुचारु गराउन पटक पटक आग्रह गरे पनि विपक्ष दलहरुले मानेका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?