काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने भएको छ ।
पार्टीका नेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत रास्वपाको ‘प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन’ चितवनमा हुने जानकारी दिएका हुन् ।
महाधिवेशनको मिति र तयारीबारे औपचारिक निर्णय गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बसेको छ ।
बैठकमा महाधिवेशन व्यवस्थापन, सांगठनिक तयारी तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।
रास्वपाले स्थापना भएको छोटो समयमै पहिलो महाधिवेशन गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया