शहीदप्रतिको श्रद्धाञ्जली भाषणले होइन, व्यवहारले पुष्टि हुनुपर्छ : रमेश प्रसाईँ [भिडियोसहित]

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अझै मुद्दा दर्ता नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रसाईँले जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली दिने कार्य केवल औपचारिकतामा सीमित हुन नहुने बताएका हुन् । उनले शहीदप्रतिको सम्मान सरकारको व्यवहारबाट पुष्टि हुनुपर्ने धारणा राखे ।

उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अभियुक्तका रूपमा उल्लेख गर्दै उनीहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सरकारले किन ढिलाइ गरिरहेको भन्दै प्रश्न उठाए ।

‘जेनजी आन्दोलनका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?’ उनले प्रश्न गरे ।

सांसद प्रसाईँले विगतका विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन नभएको उदाहरणसमेत स्मरण गरे । उनले मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदन दराजमै थन्काइएको उल्लेख गर्दै हरेक आन्दोलनका शहीदमाथि अन्याय भएको टिप्पणी गरे ।

उनले विगत र वर्तमानको कार्यशैली उस्तै भए जनतामा निराशा बढ्ने चेतावनीसमेत दिए । ‘यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान हात्ती आयो हात्ती आयो जस्तै हुन्छ, ‘उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?