ज्ञानेन्द्र शाहीले भने– गरिबको घरमा डोजर चलाउने योे सरकार हो कि आतंकवादी ?

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले सरकारले सुकुमबासी बस्तीमाथि डोजर चलाएर मानवीयतामाथि प्रहार गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता शाहीले सुकुम्बासी बस्ती हटाउने शैलीप्रति आपत्ति जनाउँदै सरकारलाई आतंकवादी गतिविधि गरिरहेको आरोप लगाए ।

उनले अवैध संरचना हटाउने कार्य आवश्यक भए पनि गरिब र सुकुम्बासीमाथि अमानवीय व्यवहार गर्न नहुने बताए ।

सुकुमबासी बस्ती हटाउने क्रममा दुई जनाले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै उनले नागरिकको जीवन सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
नेता शाहीले सुकुम्बासीभन्दा हुकुमबासी मानसिकतामाथि प्रहार गर्न सरकारलाई सुझाव दिँदै सत्ता र शक्तिको आडमा बसेकाहरूमाथि कारबाही नगरी कमजोर वर्गमाथि मात्रै डोजर चलाइएको आरोप लगाए ।

उनले भने, ‘सरकारी सम्पत्ति जोगाउनुपर्छ, अवैध संरचना हटाउनुपर्छ भन्ने पक्षमा म छु । तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन । सरकारले सुकुम्बासी बस्ती होइन, हुकुमबासी मानसिकतामाथि प्रहार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?