एमाले नेता बादलको आरोप– ‘रास्वपा विचारधारामा आधारित दल होइन’

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वैचारिक आधार र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न  उठाएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । थापाले  रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप  लगाए । 

नेता थापाले भने, ‘रास्वपा कुनै सुसज्जित विचारधारमा आधारित दल होइन । यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वकाँक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो । यो दार्शनिक रूपमा सारसंग्रवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडिएको हो । यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो । यो रूपमा अत्यन्त प्रिय देखिन्छ । तर सार परिणाममा अत्यन्तै  घातक हुन्छ । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो ।’

उनले  रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?