बारा प्रहरीद्वारा १६ फरार प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो

लोकपथ
35
Shares

काठमाडौं । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ जना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अदालतले दण्ड सजाय तोकेपछि लामो समयदेखि फरार रहँदै आएका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट विशेष प्रहरी टोली परिचालन गरी पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये चेक अनादर, भैंसी चोरी, सवारी ज्यान, खोटा चलन, कुटपिट तथा सरकारी छाप दस्तखत किर्ते सम्बन्धी मुद्दाका प्रतिवादीहरू रहेका छन् ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?