नेपालमा विद्यार्थीलक्षित उद्यमशीलता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा विद्यार्थीलक्षित उद्यमशीलतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल कमर्श एशोसिएशनको सहकार्यमा मेघा कलेजले सम्मेलन यही जेठ १ र २ गते आयोजना गर्न लागेको हो ।

ललितपुरको कुमारीपाटीस्थित कलेजको प्राङ्गणमा आयोजना हुने सम्मेलन उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई उद्यमशीलतामार्फत देश विकासका लागि दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो ।

सूचना, प्रविधि, कानून, व्यवस्थापनका विभिन्न विधामा छलफल हुने र त्यसले मुलुकको समृद्धिमा पनि योगदान पुर्‍याउने भएको उक्त सम्मेलन आयोजना गर्न लागिएको कलेजका संस्थापक प्रधानाध्यापक डा. घनश्यामप्रसाद साहले बताएका छन् ।

सम्मेलनमा कानून, सूचना, प्रविधि, उद्यमशीलतालगायतका क्षेत्रका विज्ञहरुले ४० वटा बन्दा बढि सोधपत्रहरु प्रस्तुत गर्नेछन् ।
संस्थापक प्रिन्सिपल साहले भने, ‘मेघा कलेजले र नेपाल कमर्श एशोसिएशन भन्ने संस्थाले विद्यार्थीलाई बजारमा कसरी ल्याउने ? उनीहरु त एजुकेशन ब्याकराउण्डका भए । यसलाई अब मार्केटसँग कसरी जोडन सकिन्छ ? त्यसको उद्देश्य लिएर यो इन्टरनेशनल कन्फरेन्स अर्गनाईज गरेको हो । नेपाल भारतलगायत अन्य देशका प्रोफेसरहरुलाई इन्भाईट गरेका छौ । आज बेलुकासम्म सबै लिष्टहरु तय हुनेछ । अहिलेसम्ममा ३५ टु ४० वटा पेपर सोधपत्रहरु आईसकेका छन् । अनुसन्धानकर्ताहरु आफैँ आएर त्यसलाई प्रश्तुत गर्नुहुनेछ । पढाई र उद्यमशीलतालाई जोड्ने काम यो कन्फरेन्सले गर्नेछ ।’

सम्मेलनमा नेपाल, भारतलगायतका देशका प्राध्यापकहरु सहभागी हुनेछन् । संस्थापक प्रधानाध्यापक साहले सम्मेलन नेपालको आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नका लागि उपयोगी हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?