टर्किस एयरको विमानमा आगलागीपछि बन्द विमानस्थल करिब दुई घण्टापछि पुनः सञ्चालनमा

लोकपथ
0
Shares

काठमाडौं । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा पुन: सञ्चालनमा आएको छ ।

आज बिहान इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा विमानको पांग्रामा आगलागी भएको थियो । आगलागीपछि विमानस्थलमा केही समय उडान तथा अवतरण प्रक्रिया रोकिएको थियो ।

विमानलाई पछि ट्याक्सी वेबाट सुरक्षित रूपमा तानेर पार्किङ क्षेत्रमा लगिएपछि विमानस्थलको नियमित सेवा पुनः सुरु गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?