धनगढी । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ भने बाजुरामा खोलाले बगाउँदा अर्का बालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–९ (ख) गाउँस्थित दोदा नदीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–८ (क) गाउँका १४ वर्षीय रोहित दौडे डुबेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि पुनर्वास टाउन हस्पिटल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, बाजुराको हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा नुहाउन गएका १४ वर्षीय नवराज थापा बेपत्ता भएका छन् । प्रहरीका अनुसार चार जना साथीहरूसँग खोलामा नुहाउने क्रममा उनलाई खोलाले बगाएको हो ।
बेपत्ता थापाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया