‘लालीबजार’ चलचित्रकाविरुद्ध बादी समुदायका प्रतिनिधि सडकमा

लोकपथ
98
Shares

काठमाडौं । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी निर्माण गरिएको भन्दै ‘लालीबजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् ।

बादी समुदायको इतिहास र व्यथालाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे । चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?