काठमाडौं । सगरमाथा आरोहण गर्न जाँदै गरेका एक आरोहीको लेक लागेर मृत्यु भएको छ ।
सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ का विजय घिमिरे विश्वकर्माको आइतबार लेक लागेर मृत्यु भएको हो ।
आज बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका उनलाई तत्काल आधार शिविरमा ल्याउन लागिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईले पहिलो शिविरबाट तल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको बताए । उनको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याडमा ल्याइएको छ । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उनी ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी भएका थिए । यसअघि सगरमाथाको चुचुरोमा पुगिसकेका उनी पछिल्लो समय आरोही ‘गाइड’को रूपमा कार्यरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया