रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् बैठकका ६ एजेन्डा

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आइतबार साँझ ६ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने बैठकमा विभिन्न ६ एजेन्डामा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुने बताइएको छ ।

यस्तै, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान र अन्य विषय पनि बैठकका एजेन्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?