सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–१३ का २५ वर्षीय वसन्त बुढाथोकी रहेका छन् ।
चालक समेत रहेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेम बहादुर केसीले बताए ।
शनिबार बिहान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर शनिबार बिहान करिब ७ बजे बागचौर नगरपालिका–१०, भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
भानुभक्त माध्यमिक विद्यालय, दमाचौरको निर्माण सामग्री बोकेको उक्त ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया