चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
तुइन खोलानजिकै खसेको सुक्खा पहिरो हटाइएपछि अवरुद्ध भएको सडक आवागमनका लागि खुला गरिएको हो ।
माथिबाट खसेको पहिरोका कारण उक्त सडक केही समय दुईतर्फी रूपमा अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरले आवश्यक उपकरण प्रयोग गरी पहिरो हटाउने कार्य सम्पन्न गरेपछि सडक सञ्चालनमा आएको हो ।
सडक खुलेसँगै सो मार्ग भएर चल्ने सवारी साधनहरूको आवागमन सामान्य बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया