काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलानजिकै सुक्खा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
माथिबाट अचानक सुक्खा पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार सडक खुलाउन डोजर परिचालन गरिसकिएको छ र पहिरो पन्छाउने काम भइरहेको छ ।
सडक अवरुद्ध भएपछि सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। विशेषगरी लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन प्रभावित भएका छन् ।
सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तथा सतर्क रहन यात्रुहरूलाई आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया