सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु

लोकपथ
203
Shares

काठमाडौं । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

अपरान्ह ५ बजेका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको बैठक अपरान्ह केही ढिलागरी सुरु भएको हो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्बाट सिफारिस गर्न आजको बैठक बोलाइएको थियो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहनेछन् भने प्रतिनिधि सभाका सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता सदस्य रहनेछन् ।

तर बिहीबारको बैठकको कार्यसूचीमा प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने तालिका रहेकाले त्यहाँ कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको स्थानमा कानुनमन्त्री सोविता गौतम उपस्थित भएकी छिन् ।

पहिले संवैधानिक परिषद्बाट हुने सिफारिस सर्वसम्मत हुने व्यवस्था रहेकामा नयाँ अध्यादेश अनुसार अब परिषद्को बैठक बस्न ६ सदस्यमध्ये ४ सदस्य उपस्थित भए गणपूरक संख्या पुग्ने उल्लेख छ । र, गणपूरक सङ्ख्या पुगी अध्यक्षसहित अन्य तीन सदस्यले समर्थन गरेमा सिफारिसका लागि बहुमत पुग्ने प्रावधान राखिएको छ ।

आजको बैठकबाटै भावी प्रधानन्यायाधीशको सिफारिस गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?