प्रधानमन्त्रीलाई पूर्णबहादुरको खबरदारी : ‘प्रधानन्यायाधीश नियुक्तिको परम्परा तलमाथि नहोस्’

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिमा स्थापित मान्यतालाई तलमाथि नगर्न सुझाव दिएका छन् ।

नयाँ सरकार गठनपछि आज पहिलोपटक संवैधानिक परिषद्को बैठक बस्दैछ । आजको बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना रहेको छ ।

सो सन्दर्भमा सरकारले वरिष्ठताका आधारमा गरिँदै आइएको प्रधानन्यायाधीश नियुक्तिको परम्परालाई तोड्ने संकेत दिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका खड्काले सरकारको खबरदारी गरेका हुन् । उनले यदी सरकारले लामो समयदेखि चलिआएको प्रधानन्यायाधीशको परम्परा तोडेमा त्यसले न्यायालयमा अस्थिरता आउने समेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘संवैधानिक परिषद्का अध्यक्ष सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा परिषदको बैठक आज बस्दैछ । जानकारीमा आएअनुसार सर्वोच्च अदालको प्रधानन्यायाधीशको नियुक्ति आज गरिँदैछ । करिब ४ दशक देखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषदले तलमाथि नगरोस्, नभए धेरै ठुलो असुरक्षा र अनिश्चितताले न्यायालयमा डरलाग्दो अस्थिरता आउनेछ, जसले हाम्रो स्थापित लोकतान्त्रिक प्रणालीमा बहुआयमिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्नेछ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?