धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

लोकपथ
98
Shares

काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा। लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?