खोटाङमा जमिनमा झरेको विद्युत तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

लोकपथ
63
Shares

खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल बोक्न गएको समयमा जमिनमा झरेको विद्युत तार छुन पुग्दा घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिए।

वडाध्यक्ष राईका अनुसार मृतक आनन्द राईले नेपाल विद्युत प्राधिकरणका प्राविधिकको सल्लाहमा बेला–बेलामा ट्रान्समिटरको फ्युज फेर्ने काम गर्दै आएका थिए ।

वैशाख २२ गते हावाहुरीका कारण विद्युतको तार चुँडिएर भुइँमा झरेको देखेपछि जाँच गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ ।

घटनापछि शवलाई पोष्टमार्टमका लागि दिक्तेल स्थित जिल्ला अस्पताल लैजाने तयारी गरिएको छ । मृतक राईका तीन छोरा र एक छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?