दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

लोकपथ
0
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शंकर ग्रुपका सञ्चालकसमेत रहेका सुलभको हकमा छैटौंपटक र भट्टको हकमा पाँचौँपटक म्याद थप भएको हो ।

भट्ट चैत १९ गते र अग्रवाल चैत २२ गते पक्राउ परेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?