दिपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

लोकपथ
140
Shares

काठमाडौं । सर्वोच्च अदालतले बिचौलिया दिपक भट्टलाई उपस्थित गराउन आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०८२ साल चैत १९ गते भट्टलाई सम्पत्ती शुद्धीकरण मुद्दामा पक्राउ गरेको थियो ।

भट्ट पत्नी आयुस्मा नेपालले उनलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सम्पत्ति शुद्धीकरण विभाग र जिल्ला प्रहरी परिसर काठमाडौंलाई भट्टसहित लिखित जवाफ समेत पेस गर्न भनेको हो ।

आज निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सविता भण्डारी, सरदप्रसाद कोइराला र अपूर्व खतिवडाले बहस गरेका थिए ।

‘…निवेदकको माग बमोजिमको बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत उल्लेख गरी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराई महान्यायाधिवक्ताको कार्यालय मार्फत् लिखित जवाफ पेस गर्नू भनी प्रस्तुत आदेश र रिट निवेदनको एकएक प्रति नक्कल समेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?