काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बोलाइएको छ ।
सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाकाबारे छलफल हुने जनाइएको छ । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार हालका चार मन्त्रालय खारेज हुँदैछन् भने अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्नेगरी काम अन्तिम चरणमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया