काठमाडौं । रौतहटमा एकल महिलामाथि विभिन्न लान्छाना लगाइ कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कटहरीया नगरपालिका–९ डुमरीया टोल बस्ने ५५ वर्षीय महिलामाथि सोही स्थानका गौरी साह कलवार लगायतका व्यक्तिले कुटपिट गरेका थिए ।
वैशाख ११ गते उनीमाथि बोक्सीको आरोप लगाउँदै लछारपछार, कुटपिट तथा मलमुत्र समेत खुवाइ अमानवीय तथा अपमानजनक व्यवहार गरिएको थियो ।
आइतबार पीडितले इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा दिएको जाहेरीका आधारमा प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । प्रहरीले सोही स्थानका कलवारसहित फुदेनी माझीका छोरा शंकर माझीलाई समेत पक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया