काठमाडौं । सरकारले अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउने अभियानलाई आज पनि निरन्तरता दिने भएको छ ।
शनिबार सोही क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचनाहरू भत्काइएको थियो । आइतबार पनि अभियान जारी रहने भएपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सरकारले यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा बनेका सुकुमबासी बस्ती हटाएको थियो । ती स्थानहरूमा पनि डोजर प्रयोग गरी संरचना हटाइएको थियो ।
महानगर प्रहरीका अनुसार हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइसकिएको छ ।
अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने सरकारी तयारीसँगै प्रभावित क्षेत्रमा स्थानीयवासीको चासो र सुरक्षा संवेदनशीलता बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया