काठमाडौं । पहिरोले कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–४ पाङदुर क्षेत्रमा आज बिहान करिब पाँच बजे पहिरो खसेपछि उक्त सडकखण्ड बन्द भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरोले काठमाडौं–हेटौँडा आवतजावत पूर्ण रूपमा प्रभावित बनेको छ ।
सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ, तर वर्षा जारी रहेकाले तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ ।
यसैबीच, निर्माणाधीन सूर्यविनायक–साँगा सडकखण्डमा पनि वर्षाका कारण सडक चिप्लो हुँदा यातायात सञ्चालन प्रभावित भएको छ । सम्बन्धित निकायले सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया