जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदायमा परेको प्रभाव उजागर गर्न चित्रकला प्रदर्शनी

लोकपथ
21
Shares

काठमाडौं । जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदाय, विशेषतः अपाङ्गता भएका व्यक्तिहरूमा परेको प्रभावलाई उजागर गर्ने उद्देश्यले राजधानीमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।

राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महासंघको आयोजनामा पाटन दरबार क्षेत्रमा उक्त प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा अपाङ्गता भएका तथा नभएका कलाकारहरूले जलवायु परिवर्तनका कारण आफ्नो जीवनमा परेका असरलाई चित्रमार्फत गरेका छन् ।

महासंघकी अध्यक्ष प्रतिमा गुरुङले २०७२ सालको भूकम्पपछि जलवायु परिवर्तनले सिमान्तकृत समुदायका महिला, बालबालिका र ज्येष्ठ नागरिकमा पारेको प्रभावबारे चित्रकलामार्फत उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताइन् ।
उनकाअनुसार प्रदर्शनीमा सहभागी १६ जना कलाकारहरुको सहभागिता रहेको छ ।

उनीहरूले अत्यधिक वर्षा, चर्को गर्मी जस्ता जलवायुजन्य जोखिमले दैनिक जीवनमा पारेको असरलाई सिर्जनात्मक ढंगले चित्रण गरेको गुरुङले जानकारी दिइन् ।

उनले भनिन्, ‘हामीले २०७२ सालको भूकम्पपछि जलवायु परिवर्तनले सिमान्तकृत समूदायका महिला, बालबालिका, जेष्ठ नागरिकलाई कसरी यसले असर गर्छ भन्ने विषयमा हामीले काम गर्दै आइरहेका छौँ । हामी यसै सम्बन्धी विभिन्न अध्ययन तथा अनुसन्धानहरु गर्ने गर्दथ्यौँ । तर जलवायु परिवर्तनको कारणले अपांगता भएका व्यक्तिहरुमा असर परेको उनीहरुको अनुभूति छ । १६ जना अपांगता भएका र नभएका सिनियर आर्टिफिसियलहरु हामीमाझ हुनुहुन्छ । कोही बहुअपांगता भएका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुले आफ्नो जीवनमा जलवायु परिवर्तको कारण आएको असरहरुको बारेमा नेपालजस्तो देशमा बढी पानी पर्दा तथा बढी गर्मी हुँदाखेरी कस्तो असर पार्छ भन्ने कुरा चित्रकलामार्फत प्रदर्शन गर्नुभएको छ ।’

प्रदर्शनीले जलवायु परिवर्तन र अपाङ्गता बीचको सम्बन्धबारे सार्वजनिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?