राष्ट्रपति पौडेलद्वारा अर्को पनि अध्यादेश जारी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।

‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम (सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३) नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयले भनेको छ ।

यसअघि बिहीबार राष्ट्रपति पौडेलले दुइ वटा अध्यादेश जारी गरेका थिए ।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए ।

सरकारले विभिन्न मितिमा ५ वटा अध्यादेश स्वीकृतीका लागि राष्ट्रपति समक्ष पठाएको छ । राष्ट्रपति पौडेलले भने कानुन व्यवसायीहरुसँग छलफल गरी अध्यादेशहरु जारी गरिरहेका हुन् ।

संघीय संसदको अधिवेशन बोलाएर तत्काल स्थगित गरेको थियो । संसद बैठक स्थगित गरेर सरकारले अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?