डोजरले सुकुमबासीको झुपडी मात्र होइन राज्यप्रतिको भरोसा पनि भत्कायो : गगन थापा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले विधिको बाटो छाडेर सुकुमबासी बस्तीमा डोजर चलाएको टिप्पणी गरेका छन् ।

सरकारले हटाइएका सुकुमबासीको उचित व्यवस्थापन गर्न नसकिरहेका बेला पूर्वमन्त्री समेत रहेका सभापति थापाले सो कुरा बताएका हुन् ।

यसअघि आफूहरुले सुकुमबासी समस्या समाधान गर्न संसदमा कानुन नै बनाएर अघि बढ्न खोजेको तर संसद विघटन हुँदा त्यो अघि बढ्न नसकेको स्मरण गराए । अहिले सरकारसँग झण्डै दुइ तिहाइ बहुमत रहेको र सुकुमबासी समस्या समाधान गर्न आफूहरु सरकारसँग मिलेर काम गर्न तयार रहेको तर सरकारले त्यसलाई बेवास्ता गरेको बताए ।

उनले सरकारले कानुसम्वत हुने कुरालाई डोजर आतंक सिर्जना गर्न खोजेको टिप्पणी गरे ।

‘हाम्रो यो प्रगतिशील संशोधन प्रतिनिधिसभाबाट पारित भयो, तर राष्ट्रिय सभामा पुग्दा संसद् विघटनको सिकार भयो । आजको सरकारसँग प्रचण्ड बहुमत छ । हामी सहयोगी बन्न तयार नै थियौँ। सडकमा डोजर चलाउनुभन्दा त्यही कानुनलाई प्रयोग गरेर दशौँ गुणा तीव्र गतिमा काम गर्न सकिन्थ्यो । तर सरकारले विधिको बाटो छोडेर डोजरको बाटो किन रोज्यो ?,’ सरकारमाथि प्रश्न गर्दै उनले भने, ‘हो, कानुनको बाटो अलि धैर्यतापूर्ण हुन्छ, अलि प्रक्रियागत हुन्छ । यसले क्षणिक ताली र लाइक्स नदेला । तर, के राज्य सधैँ तालीको पछि मात्र लाग्ने हो ? मानवीय संवेदना र आत्मसम्मानलाई कुल्चिएर नागरिकलाई कैदीबन्दी जस्तो व्यवहार गर्नु के राज्यको अभिभावकीय भूमिका हो ?’

यसैगरी विकल्प र पहिचान नगरी बलपूर्वक सुकुमबासीहरुको उठिवास लगाउनु लोकतन्त्रको उपहास रहेको बताए ।

सरकारको डोजरले नागरिकको झुपडी मात्र नभएर सरकारको मर्यादा र राज्यप्रतिको भसोसा समेत भत्काएको टिप्पणी गरे ।

‘विकल्प र पहिचान नगरी बलपूर्वक उठिवास लगाउनु लोकतन्त्रको उपहास हो,’ उनले भने, ‘यो डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको छ । सस्तो लोकप्रियताका लागि गरिएको यो निर्मम प्रहारले सडक त खाली गराउला, तर यसले लोकतन्त्रको जग कमजोर बनाउँछ,’ उनले भने ।

सरकारले विकल्प नदिइ सुकुमबासी बस्तीमा डोजर चलाउँदा संविधानमा लेखिएको सम्मानपूर्वक बाँच्न पाउने हक र आवासको हकको समेत अपमान गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?