काठमाडौं । बल्खुस्थित सुकुमबासी बस्तीका एकजना मृत अवस्थामा फेला परेका छन् ।
सरकारले शुक्रबार डोजर लगाएर बस्ती खाली गरिरहँदा त्यहीँ बस्दै आएका एकजना मृत अवस्थामा फेला परेका हुन् ।
बस्ती नजिकै खोलामा ६१ वर्षीय इन्द्रबहादुर राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मृतकको परिवार सुकुमबासी बस्तीमा बस्ने गरेको छ । तर मृतक राई भने कहिलेकाँही परिवार र कहिले अन्तै बस्दै आइरहेका थिए ।
ती व्यक्ति सरकारले डोजर चलाउने भएसँगै तनावमा रहेको स्थानीयले बताएका छन् । सुकुमबासीमा बनाएको आफ्नो घर भत्किने भएसँगै उनी बिहीबारबाटै हराइरहेका थिए । एक्कासी खोलामा उनी मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
उनको मृत्युको कारण अहिले नखुलिसकेको र मुचुल्का उठाएर अनुसन्धानको काम अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया