काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
आजदेखि लगातार तीन दिन सार्वजनिक बिदा परेपछि सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएकाले सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको हो ।
मन्त्रालयले बिदाका दिनमा समेत बिरामीलाई अत्यावश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल प्रशासनलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।
यस निर्देशनसँगै देशभरका सरकारी अस्पतालहरूले आजदेखि नियमित रूपमा ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया