काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने गिरोहका सात जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जापान, कोरिया, अमेरिका तथा फ्रान्समा उच्च तलबको रोजगारी मिलाइदिने भन्दै ४५ जनाबाट कुल तीन करोड १४ लाख ठगी गरेको आरोपमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन् ।
प्रहरीका अनुसार लिम्बू र मगरले जापान पठाइदिने प्रलोभन देखाउँदै ११ जनाबाट रु एक करोड दुई लाख असुलेका थिए। त्यस्तै, थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट एक करोड ५० लाख ठगी गरेका छन्। शेर्पाले फ्रान्स पठाइदिने बहानामा पाँच जनाबाट रु २८ लाख र गौतमले एक जनाबाट रु २७ लाख असुलेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया