काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिमा बढ्दो प्रविधिकरणलाई समयमै आत्मसाथ गर्न नसक्दा गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीले प्रविधिको महत्व बुझ्न र त्यसलाई व्यवहारमा लागू गर्न ढिलाइ गरेकै कारण चुनावी नतिजामा प्रभाव परेको स्वीकार गरे ।
उनका अनुसार आजको राजनीति पूर्ण रूपमा प्रविधिमा आधारित हुँदै गएको छ र डिजिटलाइजेशनलाई अंगीकार नगरे प्रतिस्पर्धामा अगाडि बढ्न नसकिने अवस्था छ ।
पौडेलले नेपाली कांग्रेसलाई पूर्ण रूपमा प्रविधिमैत्री पार्टी बनाउने रणनीतिमा अघि बढिरहेको जानकारी दिए । पार्टी सदस्यहरूलाई डिजिटल प्रणालीसँग जोड्ने, सदस्यहरूको योगदान र इतिहास सुरक्षित राख्ने, सदस्य पहिचानलाई व्यवस्थित गर्ने तथा पार्टी र सदस्यबीचको दूरी घटाउने उद्देश्यका साथ डिजिटल रूपान्तरणको काम भइरहेको उनले बताए ।
उनले पार्टीभित्रको उक्त पहललाई कतिपयले गलत ढंगले व्याख्या गरेको भन्दै स्पष्ट पारे । साथै, जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक हुनुअघि नै कार्यान्वयनमा आएको भन्दै उनले असन्तुष्टि पनि जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया